Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


सरकारले कानून मिचेर रकमान्तर गर्याे


247
Shares

काठमाडौं। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था छ ।

तर सरकारले उक्त नियमावली विपरीत गत असोज मसान्तसम्ममा करिब २९ करोड रकमान्तर गरिसकेको हाे । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार यो अवधिसम्ममा विषयगत मन्त्रालयहरूले १६ करोड १५ लाख ४२ हजार बराबर आन्तरिक रकमान्तर गरेका छन् । अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट १२ करोड ८४ लाख ५० हजार बराबर रकम विभिन्न मन्त्रालय र निकायलाई रकमान्तर गरेको देखिन्छ ।

यसरी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ करोड ९९ लाख ९० हजार बराबर कानून विपरीत रकमान्तर भएको हो । सरकारले यसमा स्रोतान्तर र थप निकासा शीर्षकको रकम समेत समावेश गरेकाे छैन ।