Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


सरकारले कानून मिचेर रकमान्तर गर्याे


247
Shares

काठमाडौं। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था छ ।

तर सरकारले उक्त नियमावली विपरीत गत असोज मसान्तसम्ममा करिब २९ करोड रकमान्तर गरिसकेको हाे । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार यो अवधिसम्ममा विषयगत मन्त्रालयहरूले १६ करोड १५ लाख ४२ हजार बराबर आन्तरिक रकमान्तर गरेका छन् । अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट १२ करोड ८४ लाख ५० हजार बराबर रकम विभिन्न मन्त्रालय र निकायलाई रकमान्तर गरेको देखिन्छ ।

यसरी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ करोड ९९ लाख ९० हजार बराबर कानून विपरीत रकमान्तर भएको हो । सरकारले यसमा स्रोतान्तर र थप निकासा शीर्षकको रकम समेत समावेश गरेकाे छैन ।