Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


एमालेकाे प्रचार विभाग प्रमुखमा शाही चयन


351
Shares

काठमाडौं। नेकपा एमालेकाे प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन हुनुभएकाे छ।

पार्टीको मंगलबार बसेको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो ।कालिकोटला शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभूमीबाट एमाले राजनीतिको मूलधारमा प्रवेश गर्नुभएकाे छ। शाही सामुदायिक सूचना नेटवर्कको संस्थापक, सामुदायिक रेडियो प्रशारक संघको २ कार्यकाल अध्यक्ष हुनुभएकाे थियाे। शाही सामुदायिक रेडियो विश्व संगठनको पनि सहअध्यक्ष हुनुभएकाे हाे।

शाही पार्टीकाे ११ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य चयन हुनुभएकाे थियाे ।