Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


कांग्रेसका विशेष महाधिवेशन पक्षले पार्टी केन्द्रीय कार्यालय गरे घेराउ


1.9k
Shares

काठमाडाैं। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् ।

पार्टीको नियमित १५ औं महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र पारिएकाे हाे । विधानको धारा १७(२) अनुसार ५४ प्रतिशत भन्दा बढी (२,४८८ जना) महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको तीन महिना पुग्न लाग्दा पनि केन्द्रीय नेतृत्वले टारेको भन्दै पक्षधरहरू आक्रोशित भएका छन् ।

विशेष महाधिवेशन पक्षधर कार्यकर्ताहरूले केन्द्रीय कार्यालय घेरेर नारा लगाएका थिए । पक्षधरहरूले भृकुटीमण्डपमा हल बुकिङ गरेर यहि पुस मसान्तमा विशेष महाधिवेशन गर्ने तयारी गरेका छन् । तर संस्थापन पक्षले नियमित महाधिवेशनलाई आगामी वैशाखमा सारेर अघि बढ्ने निर्णय गरेको हाे। कांग्रेसको यो आन्तरिक कलहले आगामी फागुनमा हुने संसदीय निर्वाचनलाई समेत प्रभावित पार्ने देखिएको छ ।

पार्टी एकताका लागि छलफल जारी रहे पनि सहमति जुट्न सकेको छैन ।