Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


पाकिस्तानमा डिभाइस विष्फोटमा परी एक जनाको मृत्यु, ८ घाइते


156
Shares

एजेन्सी । पाकिस्तानको उत्तर-पश्चिम प्रान्त खैबर पख्तुनख्वामा मजदुर बोकेको बसलाई लक्षित गरी गरिएको एउटा इम्प्रोभाइज्ड एक्प्लोसिभ डिभाइस (आईईडी) विस्फोट र त्यसपछिको गोली प्रहारमा परी एक जनाको मृत्यु भएको छ ।

साेही विष्फोटमा परी अन्य ८ जना घाइते भएका हुन् । सुरक्षा स्रोतकाअनुसार यो घटना लक्की मारवात जिल्लामा भएको छ। जहाँ अज्ञात विद्रोहीहरूले एउटा सिमेन्ट कारखानाका कामदार बोकेको बसमा आईईडी विस्फोट गराई अन्धाधुन्ध गोली चलाएका थिए । उद्धार टोली र सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्‍याएकाे छ।

सुरक्षा बलले उक्त क्षेत्रलाई घेरा हाली आक्रमणकारीहरूको खोजीका लागि खोजतलास अभियान शुरु गरेको छ। साेही घटनाको अनुसन्धान भइरहेको छ। हालसम्म कुनैपनि समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन ।