Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


धार्मिक सद्भाव भड्काउने व्यक्तिलाई कडा कारबाही गर्ने गृहको चेतावनी (विज्ञप्तिसहित)

सामाजिक सञ्जालको दुरूपयोग गरी हिंसा भड्काउने व्यक्तिलाई कानूनी दायरामा ल्याउने

156
Shares

काठमाडौं । गृह मन्त्रालयले धार्मिक र सामाजिक सद्भाव खलबल्याउने गतिविधि गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

तराई-मधेशका केही जिल्लामा सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा भड्काउने काम भइरहेको भन्दै मन्त्रालयले त्यस्ता व्यक्तिलाई कानूनी दायरामा ल्याउने जनाएकाे हाे। मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय धनुषा लगायतका स्थानमा देखिएका अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सामाजिक सञ्जालको प्रयोग गरेर निश्चित समुदाय र धर्मलाई लक्षित गरी तोड्फोड, आगजनी र लुटपाट जस्ता हिंसात्मक गतिविधि गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाइसकिएको मन्त्रालयका फ्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयाे।

स्थिति नियन्त्रणमा लिन र सद्भाव कायम राख्न गृहमन्त्रीको नेतृत्वमा आइतबार र सोमबार विशेष सुरक्षा बैठक बसेको छ । तराईका २१ जिल्लाका सुरक्षा अधिकारी, विभिन्न आयोगका पदाधिकारी र समुदायका अगुवासँगको छलफलपछि संयमता र सतर्कता अपनाउन मन्त्रालयले सबैलाई आग्रह गरेको हाे । जातजाति र सम्प्रदायबिच खलल पार्ने, गाली बेइज्जत गर्ने र अपराध गर्न दुरुत्साहन गर्ने खालका घृणाजन्य अभिव्यक्ति कानुनअनुसार दण्डनीय हुने गृहले स्मरण गराएको छ । जोसुकैले जहाँसुकैबाट यस्ता गतिविधि गरे पनि उम्कन नपाउने र कानून बमोजिम कारबाही भोग्नुपर्ने मन्त्रालयले स्पष्ट पारेको हाे ।

बहुजातीय र बहुधार्मिक मुलुकमा एक-अर्काको अस्तित्व स्वीकार गर्दै सहिष्णुता कायम राख्न पनि गृहले अपिल गरेको छ ।

Skip This