काठमाडौं । ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ जम्मा भएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार साेमबार बिहानसम्म साेही रकम जम्मा भएको हो । कोषमा साेमबार मात्रै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १ करोड १ लाख सहयोग उपलब्ध गराएको पनि मन्त्रालयले जनाएको छ । गत हप्ता मेटलाइफ नेपालले २५ लाख र त्यस अघि दि ओरिएण्टल इन्स्योरेन्सले २० लाख सहयोग गरेका थिए ।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोड्फोडबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको भौतिक संरचनाको पुनःनिर्माण लागि सरकारले उक्त कोष स्थापना गरेको थियो । कोषमा योगदानका लागि सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासिय नेपाली, विकास साझेदार, विभिन्न संघसंस्था र दातृ निकायलगायतलाई आग्रह गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्