Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


म्यानमारको ७८ औं स्वतन्त्रता दिवसमा बजार महोत्सवकाे आयोजना


169
Shares

एजेन्सी । म्यानमारको ७८ औं स्वतन्त्रता दिवसको अवसरमा याङ्गुनमा संगीत प्रदर्शनका साथै लघु-साना तथा मझौला उद्यम बजार महोत्सव आयोजना गरिएको छ ।

उद्घाटन समारोहमा बोल्दै याङ्गुन क्षेत्रका आर्थिक मामिला मन्त्री यु म्यो म्यिन्ट आङले सन् २०२२ देखि २०२५ सम्म याङ्गुनमा औद्योगिक र लघु, साना तथा मझौला उद्यमका उत्पादन प्रदर्शनीहरू १७ पटक आयोजना भइसकेको बताउनुभएकाे हाे। उहाँले यस्ता कार्यक्रमहरूले राज्य र क्षेत्रहरूबीचको सहयोग र व्यावसायिक सम्बन्धलाई सुदृढ बनाएको उल्लेख गर्नुभयो ।

यस कार्यक्रमले उत्पादक र बिक्रेताहरूलाई निर्यातका लागि उपयुक्त गुणस्तरीय उत्पादनहरू विकास गर्न प्रोत्साहन गर्नुका साथै स्वदेशी लघु, साना तथा मझौला उद्यम व्यवसायहरूको वृद्धिलाई बढावा दिने रिपोर्टमा भनिएकाे छ।