Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


काठमाडौं उपत्यकामा आज बढी चिसो महशुस, तापक्रम ३ डिग्री सेल्सियस


715
Shares

काठमाडाैं। काठमाडौं उपत्यकामा चिसो बढेको जल तथा मौसम विज्ञान विभागले बताएको छ।

काठमाडौं उपत्यकामा यस वर्षकै बढी चिसो महशुस भएको हाे। विभागको अद्यावधिक विवरण अनुसार सोमबार बिहान ५‍ दशमलव ४५ बजे कीर्तिपुरको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन भएको छ। त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको तापक्रम ३ दशमलव ७ डिग्री सेल्सियस रहेको थियो।

त्यस्तै, ललितपुर हात्तीवनको २ दशमलव ८ र भक्तपुर नगरकोटको तापक्रम २ दशमलव ८ मापन भएको छ। आइतबार साँझ लुक्ला विमानस्थलको तापक्रम माइनस ० दशमलव ५ डिग्री सेल्सियस रहेको थियो । जुम्ला विमानस्थलको तापक्रम माइनस ५ दशमलव ९ र हुम्ला सिमकोट विमानस्थलको तापक्रम माइनस ५ दशमलव १ डिग्री सेल्सियस रहेको विभागले जनाएकाे छ।