काठमाडाैं। काठमाडौं उपत्यकामा चिसो बढेको जल तथा मौसम विज्ञान विभागले बताएको छ।
काठमाडौं उपत्यकामा यस वर्षकै बढी चिसो महशुस भएको हाे। विभागको अद्यावधिक विवरण अनुसार सोमबार बिहान ५ दशमलव ४५ बजे कीर्तिपुरको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन भएको छ। त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको तापक्रम ३ दशमलव ७ डिग्री सेल्सियस रहेको थियो।
त्यस्तै, ललितपुर हात्तीवनको २ दशमलव ८ र भक्तपुर नगरकोटको तापक्रम २ दशमलव ८ मापन भएको छ। आइतबार साँझ लुक्ला विमानस्थलको तापक्रम माइनस ० दशमलव ५ डिग्री सेल्सियस रहेको थियो । जुम्ला विमानस्थलको तापक्रम माइनस ५ दशमलव ९ र हुम्ला सिमकोट विमानस्थलको तापक्रम माइनस ५ दशमलव १ डिग्री सेल्सियस रहेको विभागले जनाएकाे छ।





प्रतिक्रिया दिनुहोस्