Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


भेनेजुयलामा तत्काल चुनाव गर्न हुँदैन: अमेरिकी विदेशमन्त्री रूबियो


1.1k
Shares

एजेन्सी। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पदच्युत गरी अनुसन्धानको दायरामा ल्याइएको दावी गर्नुभएकाे छ।

उहाँले अहिले भेनेजुएलामा सरकार विहीन अवस्था रहेको तर यहि अवस्थामा चुनाव गर्ने छलफल ‘अपरिपक्व’ हुने बताउनुभएकाे हाे। गत शनिबार अमेरिकी सेनाले राष्ट्रपति मदुरोलाई अपहरण शैलीमा न्यूयोर्क पुर्‍याएको थियो। अब भेनेजुएलामा के छिट्टै निर्वाचन हुनेछ भन्ने सवालको जवाफमा विदेशमन्त्री रुबियोले एनबिसीको ‘मिट द प्रेस’ मा यी सबै कुरा अहिले नै गर्नु अपरिपक्व’ हुने बताउनुभएकाे छ। भेनेजुएलामा अझै समस्या भएको र त्यसलाई ध्यानमा राखेर अमेरिका अगाडि बढेको उहाँको दावी छ।

यता भेनेजुएलाको राजधानी काराकसमा त्यहाँको सेनाले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको रूपमा मान्यता दिएको छ। अमेरिकाले भेनेजुएलामा आक्रमण गरी शनिबार राष्ट्रपति मदुरो र उनकी पत्नीलाई अपहरण शैलीमा न्यूयोर्कमा अनुसन्धानका लागि लगेपछि खाली रहेको पदमा रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिका रूपमा मान्यता दिएको हो।