Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई आज न्यूयोर्कको अदालतमा उपस्थित गराइँदै

मादुरो दम्पत्तिलाई अदालतसम्म ल्याउनका लागि कडा सुरक्षा व्यवस्था मिलाइँदै

1.1k
Shares

एजेन्सी। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सोमबार न्यूयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइने भएकाे छ।

अमेरिकी सेनाले भेनेजुएलाबाट केही दिनअघि मात्रै राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा लिइएकाे थियाे। यो अदालती प्रक्रियासँगै अमेरिकामा मादुरोविरुद्धको आपराधिक मुद्दा औपचारिक रूपमा शुरु हुने भएकाे छ। मादुरो र उनकी श्रीमतीलाई पहिलो पटक न्यायाधीशसामु पेश गर्न लागिएको हो। मादुरोको यो उपस्थिति प्रक्रियागत रूपमा सामान्य देखिए पनि यसले वर्षौं लम्बिन सक्ने कानूनी लडाइँको ढोका खोल्ने भएकाे छ।

अमेरिकी समय अनुसार सोमबार मध्याह्न १२ बजेदेखि शुरु हुने सुनुवाइमा न्यायाधीशले मादुरोविरुद्ध लागेका आरोपहरू पढेर सुनाउने जनाइएकाे छ। अमेरिकी सरकारले विगत १५ वर्षदेखि लागूऔषध तस्करीको मुद्दामा अनुसन्धान गरिरहेको थियो। जसमा मादुरोलाई पछिल्लो ६ वर्षदेखि मुख्य प्रतिवादी बनाइएको छ। यो मुद्दाको सुनुवाइ अमेरिकी जिल्ला न्यायाधीश एल्भिन के हेलरस्टिनको इजलासमा हुने भएकाे हाे। जसले विगत एक दशक भन्दा लामो समयदेखि यस मामिलालाई हेर्दै आएका छन्।

मुद्दाको किनारा नलागेसम्म मादुरोलाई संघीय हिरासतमै राखिने सम्भावना प्रवल सम्भावना रहेकाे छ। उनलाई मेट्रोपोलिटन डिटेन्सन सेन्टरबाट करिब ९ माइल टाढा रहेको अदालतसम्म ल्याउनका लागि कडा सुरक्षा व्यवस्था मिलाइएको छ।