Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


भेनेजुएलाका राष्ट्रपति मदुरो र उनकी पत्नी फ्लोरेस अमेरिकी सेनाकाे नियन्त्रणमा


611
Shares

एजेन्सी। अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी न्यूयोर्कमा पुराएकाे छ।

राजधानी कराकसस्थित मदुरोको निवासबाटै उनीहरूलाई अमेरिकी विशेष सेनाले पक्राउ गरेको हाे। राष्ट्रपति मदुरो पक्राउपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहान ११ बजे फ्लोरिडास्थित आफ्नै निजी क्लब मार-ए-लागोमा पत्रकार सम्मेलन गर्नुभएकाे थियाे।

साेही सम्मेलनमा ट्रम्प, रक्षामन्त्री पिट हेगसेथ र अमेरिकी सेना प्रमुख ड्यान केन लगायतले अमेरिकाको उक्त अपरेसनको विवरण सार्वजनिक गरेका थिए। राष्ट्रपति ट्रम्पले सेनाको उक्त अपरेसनलाई अभूतपूर्वकाे रुपमा लिनुभएकाे छ। अमेरिकी सेना कराकस पुग्दा आफू मार-ए-लागोमा मन्त्री र सैन्य अधिकारीसहित बसेर त्यहाँको प्रत्यक्ष प्रसारण हेरिरहेको उहाँले बताउनुभएकाे छ।

रक्षामन्त्री पिट हेगसेथले मदुरोलाई देश छाेडेर भाग्नका लागि धेरै अवसरहरू दिइएको तर उहाँले वास्ता नगर्दा अमेरिकाले पक्राउ गर्नुपरेको बताउनुभयाे। राष्ट्रपति ट्रम्पको निर्देशन अनुसार मदुरोलाई पक्राउ गरेकाे बताउनुभयाे। ट्रम्पले लगातार धम्की दिएपछि मदुरोले रूस र बेलारूससँग सम्भावित शरण बारेमा कुराकानी समेत गरेका थिए। त्यसबेला दुवै देशले मदुरोप्रति सद्भाव देखाएका थिए।

मदुरोले पछिल्लो समय अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको बताएका थिए। मदुरोलेले साेही अभिव्यक्ति दिएकाे २ दिनमै अमेरिकी सेना उनको घरभित्रै प्रवेश गरे पक्राउ गरेको हो।