Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


केन्द्रीय कार्यसमितिको म्याद आगामी जेठसम्म थप गर्ने कांग्रेसकाे निर्णय

निर्णयप्रति महामन्त्रीद्वय थापा र शर्माकाे असन्तुष्टि, विशेष महाधिवेशनकाे तयारीमा बस्न प्रतिनिधिलाई आग्रह

702
Shares

काठमाडाैं। नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्यसम्पदान समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । यसअघि गत मंसिर १५ गतेको बैठकले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यहि पुसमा प्रश्ताव गरेको १५औं महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेको कारण त्यो कार्यतालिका परिमार्जनसहित पारित गरिएको बताउनुभयो । उहाँकाअनुसार बैठकले अगामी २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका बुहमत सदस्यको समर्थनमा पास गरिएको छ ।

यद्यपि पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले बैठकको उक्त निर्णयमा असहमति जनाउँदै विशेष महाधिवेशन आह्वान गर्ने भन्दै तयारी बस्न १४ औं महाधिवेशनका प्रतिनिधिहरुलाई तयारीमा बस्न आग्रह गरेको छ ।