काठमाडाैं। नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्यसम्पदान समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । यसअघि गत मंसिर १५ गतेको बैठकले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यहि पुसमा प्रश्ताव गरेको १५औं महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेको कारण त्यो कार्यतालिका परिमार्जनसहित पारित गरिएको बताउनुभयो । उहाँकाअनुसार बैठकले अगामी २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका बुहमत सदस्यको समर्थनमा पास गरिएको छ ।
यद्यपि पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले बैठकको उक्त निर्णयमा असहमति जनाउँदै विशेष महाधिवेशन आह्वान गर्ने भन्दै तयारी बस्न १४ औं महाधिवेशनका प्रतिनिधिहरुलाई तयारीमा बस्न आग्रह गरेको छ ।





प्रतिक्रिया दिनुहोस्