काठमाडाैं। नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८,२९,३० र २१ गते काठमाडौंमा हुने भएको छ ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हो । नयाँ कार्यतालिका कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा प्रश्तुत गर्नुभएको थियो ।
प्रश्तावित कार्यतालिकालाई केन्द्रीय कार्य समितिको बैठकले पारित गरेको पार्टीका नेता विमलेन्द्र निधीले बताउनुभयो । उहाँका अनुसार विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै समाप्त भइसकेको बताउनुभएकाे छ।
यसअघि कांग्रेसले यहि पुस २६,२७ र २८ गते महाधिवेशनको कार्यतालिका प्रश्तुत गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्