काठमाडाैं। नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टीले नयाँ नेतृत्व, नीति र कार्यदिशासहित आसन्न निर्वाचनमा जानुपर्ने बताउनुभएको छ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नियमित महाधिवेशनको औचित्य समाप्त भइसकेको भन्दै विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राख्नुभयो । कांग्रेसभित्रका परिवर्तनविरोधी शक्तिहरूको षड्यन्त्र चिर्न विशेष महाधिवेशन आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले पार्टी महामन्त्री गगनकुमार थापालाई पार्टी सभापति तथा प्रधानमन्त्रीका लागि अघि सारेर कांग्रेस निर्वाचनमा जानुपर्ने प्रश्ताव पनि राख्नुभयो ।
उहाँले महाधिवेशन हुन नदिई पार्टी कब्जा गर्ने प्रयास स्वीकार्य नहुने बताउनुभएकाे छ । उहाँले आसन्न निर्वाचनमा आफ्ना मान्छेहरुलाई टिकट बाँड्न नपाइने भएका कारण पार्टी नेतृत्व महाधिवेशन हुन नदिने पक्षमा रहेको आरोप पनि लगाउनुभयो । सहमहामन्त्री मन्सुरले पार्टीको विषेश महाधिवेशनको प्रक्रिया अघि बढिसकेका कारण नियमित महाधिवेशनको औचित्य समाप्त भइसकेको बताउनुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्