काठमाडौं । हाल देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। शुक्रबार बिहान भने तराई भू-भागका अधिकांश स्थानहरूमा बिहानीपख हुस्सु र कुहिरो लागिरहेका कारण जनजीवन प्रभावित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।
त्यस्तै, शुक्रबार दिउँसो भने देशका पहाडी तथा हिमाली भू-भागमा साधारण बदली हुने भएको छ । साथै बाँकी भू-भागमा भने आंशिक बदली रहने भएको हो। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा हुने भएको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो।
त्यस्तै, शुक्रबार राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने भएको छ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको हो । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
साथै तराई भू-भागका केही स्थानहरूमा भने हुस्सु लाग्ने महाशाखाले जनाएको हो।





प्रतिक्रिया दिनुहोस्