Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


ताइवानलाई चीनमा गाभ्नबाट कसैले रोक्न नसक्ने राष्ट्रपति जिनपिङको दावी

माृतभूमिको पुनः एकीकरण समयको माग भएको तर्क

5.3k
Shares

एजेन्सी। चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई चीनमा गाभ्नबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

अंग्रेजी नयाँ वर्ष सन्२०२६ को अवसरमा सन्देश दिंदै राष्ट्रपति सीले सामुद्रिक जलमार्गको दुई छेउमा बस्ने चिनियाँहरूबीच रगतको सम्बन्ध रहेकाले उनीहरुबीचको एकीकरणलाई कसैले रोक्न नसक्ने बताउनुभएको हो । मातृभूमिको एकीकरण समयको माग भएको पनि उहाँको जिकीर छ । पछिल्ला तीन दिनदेखि चिनियाँ सेनाले स्वशासित द्वीप ताइवान वरिपरि ठूलो स्तरमा सैन्य अभ्यास गरिरहेको बेला राष्ट्रपति सीको यस्तो भनाइ आएको हो ।

राष्ट्रपति सीले आफ्नो सम्बोधनमा चीनको अर्थतन्त्र, रक्षा र प्रविधिका क्षेत्रमा भईरहेको प्रगतिको पनि चर्चा गर्नुभएको छ । भारततर्फ ब्रह्मपुत्र भनिने यारलुङ नदीको तल्लो भागमा विश्वकै ठूलो बाँध बाँधेर जलविद्युत परियोजनाको निर्माण शुरु भइसकेको चर्चा गर्दै उहाँले उक्त आयोजनाको लागत १ सय ७० अर्ब डलर रहेको पनि बताउनु भएको छ । त्यसैगरी चीनले विकास गरेका रक्षा संयन्त्रको पनि सम्बोधनमा चर्चा गर्दै उहाँले एआइए विकासमा हासिल गरेको प्रगतिको पनि चर्चा गर्नुभयाे ।

राष्ट्रपति सीले यस वर्ष चीनको घरेलु उत्पादन (जीडीपी) २० ट्रिलियन डलर नाघ्ने दावी समेत गर्नुभएकाे छ ।