Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


डुसिट प्रिन्सेस काठमाडौंले अंग्रेजी नयाँ वर्ष भव्य रूपमा मनायाे


143
Shares

काठमाडौं। डुसिट प्रिन्सेस काठमाडौंले अंग्रेजी नयाँ वर्ष सन् २०२६ लाई भव्य रुपमा स्वागत गर्दै सफलतापूर्वक सम्पन्न गरेको छ।

होटलले पाहुनाहरूलाई उत्कृष्ट भोजन, प्रत्यक्ष मनोरञ्जन र खुशीयालीले भरिएको अविस्मरणीय अंग्रेजी नयाँ वर्षको प्रदान गरेकाे हाे। होटलका दुई प्रमुख स्थलहरूमा फरक-फरक स्वाद र उत्सव शैलीलाई ध्यानमा राखेर विशेष रूपमा तयार गरिएका अनुभवहरू प्रस्तुत गरिएको थियो। किबु स्काइ लाउन्जमा शहरको मनमोहक दृश्यसँगै आकर्षक र ग्ल्यामरस उत्सव आयोजना गरिएको थियो। यहाँ सेफद्वारा तयार गरिएको अन्तर्राष्ट्रिय बुफे, छानिएका मदिराजन्य तथा गैर-मदिराजन्य पेयको एक राउन्ड, लाइभ ब्याण्ड र डिजे संगीत, तथा पाहुनाहरूका लागि रोचक डोर प्राइजहरूको व्यवस्था गरिएको थियो। साथै, विशेष पेय छुटहरूले उत्सवलाई थप रोमाञ्चक बनाउँदै २०२६ को काउन्टडाउनलाई अविस्मरणीय बनाएकाे छ।

त्यसैगरी, होटलको सिग्नेचर रेस्टुरेन्ट सोइमा शान्त र परिष्कृत वातावरणमा नयाँ वर्ष मनाइयो। यहाँ अन्तर्राष्ट्रिय गाला बुफे, लाइभ संगीत, छानिएका मदिराजन्य तथा गैर–मदिराजन्य पेयको एक राउन्ड, पाहुनाहरूका लागि डोर प्राइजहरू तथा विशेष पेय छुटको व्यवस्था गरिएको थियो। यो स्थान परिवार र शान्त वातावरणमा उत्सव मनाउन चाहने पाहुनाहरूका लागि आदर्श बन्यो।यी कार्यक्रमहरूले डुसिट प्रिन्सेस काठमाडौंको उत्कृष्ट आतिथ्य, गुणस्तरीय पाक अनुभव र आकर्षक मनोरञ्जनप्रति प्रतिबद्धतालाई प्रतिबिम्बित गरेकाे छ।

साेही अवसरमा डुसिट प्रिन्सेस काठमाडौंका महाप्रबन्धक समिर बनर्जीले नयाँ वर्षको स्वागत सधैं विशेष क्षण हुने बताउनुभयाे।आफ्ना पाहुनाहरूसँग मिलेर सन्२०२६ को आगमन उत्सवका साथ मनाउन पाउँदा अत्यन्तै खुशी भएकाे उहाँकाे भनाइ छ। नयाँ वर्षको पूर्वसन्ध्याका कार्यक्रमप्रति प्राप्त उत्कृष्ट प्रतिक्रियाले स्मरणीय अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको समेत उहाँले बताउनुभयाे। उहाँले यस खुशीयालीपूर्ण अवसरको हिस्सा बन्नु भएका सम्पूर्ण पाहुना तथा साझेदारहरूलाई हृदयदेखि धन्यवाद दिनुभएकाे छ।

नयाँ वर्षको उत्सवलाई सफल बनाउन साथ दिनु भएका सबै पाहुना, साझेदार र शुभेच्छुकहरूप्रति आभार प्रकट गर्दै डुसिट प्रिन्सेसले आगामी दिनहरूमा पनि यस्तै स्मरणीय क्षणहरू प्रदान गर्ने अपेक्षा समेत गरेको हाे।