Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


लगानीका लागि अहिले उचित समय भएकाे अर्थमन्त्री खनालकाे दावी


299
Shares

काठमाडाैं। अर्थमन्त्री रामेश्वर खनालले लगानीका लागि अहिले उचित समय रहेको बताउनुभएको छ।

काठमाडाैंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । निजी क्षेत्रले जेनजी आन्दोलनका कारण ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उहाँले निजी क्षेत्रले फेरि उठ्ने बताउनुभयो । अहिले अर्थतन्त्र सकारात्मक रहेको, मूल्यवृद्धि न्यून रहेको र चालु खाता वचतमा रहेकाले यो समय लगानीका लागि उपयुक्त रहेकाे उहाँकाे दावी छ। निजी क्षेत्र अर्थतन्त्रको इन्जिन भएको बताउँदै निजी क्षेत्रको सम्पती क्षति हुन निजी क्षेत्रको सम्पत्ति क्षति रहेको समेत उहाँले बताउनुभयो ।

मन्त्री खनालले निजी क्षेत्रको क्षति मुलुकको क्षति हो भन्ने कुरा सबैलाई बुझाउन जरुरी रहेको बताउनुभएकाे छ।