काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डका पदाधिकारीको कार्यअवधि जति धेरै राख्यो त्यति नै प्रभावकारी काम गर्न सकिने बताउनुभएको छ।
सिंहदरबारमा बुधबार विधायन व्यवस्थापन समितिको बैठकमा चलचित्र विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिंदै मन्त्री खरेलले यस्तो बताउनुभएको हो । उहाँले बोर्डका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनाएर प्रक्रिया अघि बढाउँदा निष्पक्षता कायम हुने भन्दै उक्त व्यवस्था राख्ने प्रश्ताव गर्नुभयो । उहाँले चलचित्र विकास बोर्डका अध्यक्षलाई आर्थिक तथा प्रशासनिक रूपमा कार्यकारी अधिकारसहित जिम्मेवारी दिने व्यवस्था विधेयकमा राखिएको भन्दै बोर्डलाई प्रदान गरिने स्वायत्ततामा कुनै समस्या नरेहको बताउनुभएकाे छ। उहाँले विधेयकमा चलचित्रसम्बन्धी विधा र क्षेत्र स्पष्ट रूपमा विधेयकमा समेट्न सकेमात्र चलचित्र उद्योगलाई थप व्यवसायिक बनाउन सकिने बताउनुभयो ।
मन्त्री खरेलले कलाकारिता बहुआयामिक क्षेत्र भएको भन्दै विधेयकमा कलाकारिताको सट्टा चलचित्र कलाकारिता राखेर जानुपर्ने प्रश्ताव पनि गर्नुभएकाे छ। बैठकमा बोल्ने अधिकांश सांसदहरुले चलचित्र उद्योगलाई समाज र मुलुकको प्रतिनिधित्व गराउनेगरी विधेयकलाई समृद्ध बनाउनुपर्ने धारणा राखेका थिए।





प्रतिक्रिया दिनुहोस्