केके मानन्धर
काठमाडाैं। बागमती प्रदेश सरकारका प्रमुख दीपक प्रसाद देवकोटाले नेपाल सम्वत्लाई समुदाय विशेषको ठान्नु अल्पज्ञान भएको बताउनुभएको छ ।
नेपाल सरकारले राष्ट्रिय सम्वत्काे मान्यता दिइसकेको अवस्थामा नेपाल सम्वत् सबैको साझा निधि भएको उहाँले बताउनुभएकाे हाे। भक्तपुरमा मंगलबार राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले गरेको ‘नेपाल सम्वत् र शंखधर साख्वाः’ नामक लेख संग्रह विमोचन कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख देवकोटाले देशकै नाममा चलाइएको सम्वत् र यसका प्रणेता शंखधर साख्वाःलाई दुर्लभ महामानवको संज्ञा पनि दिनुभएकाे छ। प्रतिष्ठानले सम्वत्को विषयमा आधा शताब्दीदेखि गरिएका अध्ययन, अन्वेषण तथा अनुसन्धानमूलक लेख-रचनालाई अभिलेखिकरण गर्ने उद्देश्यले पुस्तक निकालिएको जनाएको हाे।
साेही कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगर, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल भाषा प्रतिष्ठानका कुलपति मल्ल के सुन्दर लगायतले नेपाल सम्वत्का बारेमा चर्चा गरेका थिए।





प्रतिक्रिया दिनुहोस्