Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


शान्ति र विकासँग सम्बन्धित सामग्री प्रदर्शनमा (भिडियाे रिपोर्ट)

मेलामार्फत शान्ति र विकासका लागि विभिन्न संस्थाको योगदानलाई जनतासम्म पुर्‍याउने उद्देश्य

91
Shares

काठमाडाैं। त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक संकाय अन्तर्गतको द्वन्द्व, शान्ति र विकास अध्ययन केन्द्रीय विभागले शान्ति र विकास मेला आयोजना गरेको छ।

मेलामा नेपालमा शान्ति र विकाससँग सम्बन्धित गतिविधि र सामग्रीहरु प्रदर्शनमा राखिएको हाे । यो मेलामार्फत नेपालमा शान्ति र विकासका लागि विभिन्न संस्थाहरुको योगदानलाई जनतासम्म पुर्‍याउने उद्देश्य राखिएको छ ।

मेलामा शान्ति निर्माणको प्रक्रियामा यी संस्थाहरुले पुर्‍याएको योगदानलाई चित्रित गर्ने वृत्तचित्रहरू प्रदर्शनमा राखिएको छ । यी वृत्तचित्रमा शान्ति स्थापनाका लागि गरेका संघर्ष, सामाजिक समावेशिता र आर्थिक विकासका पहलहरूलाई समेटिएको हाे। त्यस्तै, शान्ति र विकासको सम्बन्धमा जनचेतना फैलाउनका लागि विभिन्न शान्ति सम्बन्धी शैक्षिक सामग्रीहरू पनि प्रदर्शनमा राखिएको छ । यो कार्यक्रम शान्ति र विकासका विविध पहलहरुको जानकारीलाई व्यापक बनाउने उद्देश्य राखेको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागका विभागीय प्रमुख डा. पिताम्बर भण्डारीले बताउनुभयाे।

नेपालको इतिहासमा द्वन्द्व र राजनीतिक अस्थिरताले शान्ति र विकासका प्रक्रियामा ठूलो चुनौती पुर्‍याएको छ । तर, यी समस्याहरूसँग जुध्दै नेपालले शान्ति निर्माणका लागि विभिन्न पहलहरूको सुरुवात भने गरिरहेको अवस्था छ । जसअनुसार शान्ति फ्रक्रियामा महिला, युवाहरु र अन्य समुदायहरुको सत्रिय सहभागिता देख्न सकिन्छ । विभिन्न संस्थाहरुले संघर्ष र द्वन्द्वको समयदेखिको शान्ति निर्माणका लागि काम गर्दै आएका हुन् । साेही मेला त्यसैको उत्सवको रुपमा रहेको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागका विद्यार्थी नारायण घर्तीले बताउनुभयाे।

यस मेलाले नेपालमा शान्ति र विकासका लागि भएका संस्थागत प्रयासलाई उजागर गर्ने लक्ष्य लिएको छ । यस मेलाले जनतासम्म शान्ति र विकासका गतिविधि जनतासामु लैजान महत्वपूर्ण भूमिका निर्वाह गरेको हाे भने शान्ति र समृद्धि निर्माणका लागि समुदायको योगदान र जिम्मेवारीमा जोड दिएको छ ।

भिडियाे रिपोर्ट: