Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


सुदन गुरूङ छानबिन आयोगमा उपस्थित

'हामीमाथि लगाइएको आरोपको सत्य-तथ्य प्रमाणसहित स्पष्ट पार्ने प्रक्रियामा अगाडि बढेको छु'

1.3k
Shares

काठमाडौं। हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङले सत्य कहिल्यै नडराउने बताउनुभएकाे छ।

छानबिन आयोगमा आइतबार उपस्थित भएका उहाँले आइतबार साँझ नै सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उहाँले आफूहरूमाथि लगाइएको आरोपको सत्य र तथ्य प्रमाणसहित स्पष्ट पार्ने प्रक्रियामा स्वयं अगाडि बढेको बताउनुभयाे।

नेपालसँग आबद्ध भएका आर्थिक कारोबार सम्बन्धी हाल सम्मका सम्पूर्ण कागजातसहित छानबिन आयोगमा उपस्थित भएको उहाँकाे भनाइ छ। संस्थापक गुरुङले आरोप नभई प्रमाण बोल्नुपर्नेमा जोड दिंदै आफूले प्रमाण प्रस्तुत गरेको बताउनुभयाे।