Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


जेनजी विद्राेहको स्मरणमा ‘नदबिने आवाज’ सामूहिक कला संसद भवन अगाडि प्रदर्शनी


234
Shares

काठमाडाैं। गत भदौ २३ गते भएको जेनजी युवा विद्राेह र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना भएको छ।

प्रदर्शनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) अगाडिको सडक पेटीमा आयोजना गरिएको हो । प्रदर्शनीमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मृति, सुशासनको माग र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा विभिन्न कलाकृति प्रदर्शन गरेका छन् । गत भदौ २३ र २४ गते भ्रष्टाचार र बेथितिविरुद्ध शुरु भएको जेनजी युवा विद्राेहले देशमा ठूलो राजनीतिक परिवर्तन ल्याएको थियो।

विद्राेहका क्रममा दर्जनौं युवाले ज्यान गुमाएका थिए भने सयौं घाइते भएका थिए । यो आन्दोलनले तत्कालीन सरकारलाई नै परिवर्तन गर्न बाध्य बनाएको थियो । कलाकारहरूले यो प्रदर्शनीमार्फत युवाहरूको दबिएको आवाजलाई कलाको माध्यमबाट जीवन्त बनाउने प्रयास गरेका छन् । प्रदर्शनीमा विभिन्न चित्रकला, मूर्तिकला र अन्य कलाकृति प्रदर्शनमा छन् ।

साेही कार्यक्रमले विद्राेहको भावनालाई जीवित राख्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।