Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


१० वर्ष पार्टी चलाएर देखाउन नयाँ राजनीतिक दललाई कांग्रेस नेता राठौरकाे चुनौती

सहकारी ठग र गँजेडीले देश चलाउन नसक्ने टिप्पणी

1.4k
Shares

काठमाडाैं। नेपाली कांग्रेसका नेता किशोर सिंह राठौरले १० वर्ष पार्टी चलाएर देखाउन नयाँ राजनीतिक दलहरुलाई चुनौती दिनुभएको छ।

पार्टी केन्द्रीय कार्यालयमा आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले यस्तो चुनौती दिनुभएको हो। उहाँले केही वर्षअघि मात्रै खुलेका जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीहरुको उदाहरण दिँदै १० वर्ष राम्रोसँग पार्टी चलाएर देखाउन चुनौती दिनुभयो । कांग्रेस र नेकपा एमालेसहितका राजनीतिक दलहरुले जनताको अधिकार-विकास दिएको बताउदै उहाँले सहकारी ठग र गँजेडीहरुले देश चलाउन नसक्ने टिप्पणी गर्नुभयो।

नेता राठौरले पार्टीको १४ औं महाधिवेशनमा पराजय व्यहोरेकाहरुले चिच्याएर बोल्न जरुरी नरहेको बताउनुभयो । आगामी फागुन २१ गते निर्वाचन नभए देश गृहयुद्धमा फस्ने समेत उहाँले चेतावनी दिनुभएकाे छ ।