Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


सुशीला कार्कीमाथि नैतिक संकट (भिडियो रिपोर्ट)


442
Shares

काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डलको संख्या बढाउन थालेकी छन् ।

उनले पाँचौपटक मन्त्रिपरिषद् विस्तार गर्दै १५ सदस्यीय मन्त्रिमण्डल बनाएकी छन् । मन्त्रिमण्डलको आकार बढाउँदै जाँदा कार्कीमाथि आफ्नै बोली भारी भएको छ । प्रधानमन्क्रीमा नियुत्त भएलगत्तै उनले सानो आकारको मन्त्रिमण्डल बनाउन गरेको बाचा यतिबेला भने फगत सावित भइरहेको छ । एक रिपोर्ट ।

जेनजी आन्दोलनका बलमा मुलुकको प्रधानमन्त्री बन्दै गर्दा प्रधानमन्त्री सुशीला कार्कीसँग धेरैको अपेक्षा थियो । कानुनको राम्रो व्याख्याता मात्र नभएर राजनीतिक दलका नेतामाथि तिखो प्रहार गर्दै आइरहेकी कार्कीसँग अपेक्षा राख्नु स्वभाविकै पनि थियो । अपेक्षाकै बीच उनी मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगिन् ।

समयक्रमअनुसार कार्कीको विगत र वर्तमानमा आकाश पातालको फरक देखिन थालेको छ । अर्थात, उनको विगत र वर्तमानको व्यवहारमा फरकपन आएको छ । त्यसकै एक सशक्त उदाहरणका रुपमा मन्त्रिमण्डल विस्तारको कुरा पनि जोडिएको छ । प्रधानमन्त्री बन्दै गर्दा कार्कीले १० देखि ११ सदस्यीय मन्त्रिमण्डल बनाउने बाचा गरेकी थिइन । उनले गरेको बाचा आफैंमाथि भारी बनेको छ ।

अहिले उनले पाँचौपटक मन्त्रिमण्डल विस्तार गर्दै यसको संख्या १५ पुर्‍याएकी छन् । जसका कारण उनीमाथि नैतिक प्रश्नहरु खडा भइरहेका छन् । अर्कोतर्फ, प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकार निर्वाचन गराउने म्यान्डेट पाएको सरकार हो । आगामी फागुन २१ मा घोषित निर्वाचन गराउन नै सरकारलाई हम्मेहम्मे भइरहेको अवस्था छ । केही राजनीतिक दलहरु निर्वाचनमा सहभागी हुने तयारीमा नदेखिदा समस्या उत्पन्न भइरहेको छ ।