Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


चुनावको राजनीतिक वातावरण बन्दै (भिडियाे रिपाेर्ट)


117
Shares

काठमाडौं ।
निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सरकारले प्रमुख दलका कार्यालयदेखि घरसम्मै निमान्त्रणा गरेर छलफललाई तीव्र बनाएको छ ।

निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाउने अघिल्लो दिन मात्रै प्रधानमन्त्रीले दललाई निर्वाचन सफल बनाउनका लागि विशेष आग्रह नै गरिन् ।

निर्वाचन प्रक्रियामै रहेका दलले सुरक्षा लगायतका विषयको चासो दोहोराउँदै आइरहेका छन् । सरकारले ति सवै विषयलाई सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाइसकेको छ । निर्वाचनको राजनीतिक वातावरण बनाउन सरकारले के-के गर्‍याे त ?

शनिवार अपरान्ह प्रधानमन्त्री कार्यालयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्वलाई बोलाएर प्रधानमन्त्री कार्कीले राष्ट्रको भविष्य सम्झेर स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल बनाउन आग्रह गरिन् । सुरुमा शीर्ष नेताको मुख समेत हेर्न मन नभएको अभिव्यक्ति दिएकी कार्कीको यो भेटघाट एक्कासी भएको भने होइन् ।

केही दिन अगाडि राष्ट्रपतिले जुटाएको भेटघाट, पार्टी कार्यालयदेखि नेताहरुका घर-घर सम्म मन्त्री नै पुगेर गरेको छलफलपछि यो तहको वार्ता भएको हो । वार्तामा सहभागि भएका दलका नेताहरुले चुनावमा जाने विषयमा कुनै पनि समस्या नभएको भन्दै त्यसका लागि सुरक्षा लगायतका प्रवन्धनको कुरा दोहोराएका छन् । भेटपछिको प्रतिक्रियामा कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावमा जान सवै तयार रहेको बताए ।