काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच शुक्रबार हुने भनिएको सम्झौता रोकिएको छ ।
मेयर शाहको व्यवस्ताका कारणले गर्दा सहमतिपत्रलाई अन्तिम रुप दिन नभ्याइएको स्रोतले जनाएकाे हाे।सहमतिको मस्यौदा तयार गर्न शुक्रबार दिनभरी नै दुई पक्षका वार्ताकारहरु सक्रिय भएका थिए । तर, मेयर शाह महानगरपालिकाको नगरसभामा व्यस्त रहेका कारण सम्झौता रोकिएको हाे।
वार्ताकारहरुले रास्वपा सभापति लामिछानेलाई भेटेर सहमतिपत्रको मस्यौदामा छलफल गरेका थिए । तर, मेयर बालेनसँग भने अन्तिम छलफल भइसकेको छैन। दुई पक्षबीच धेरै विषयवस्तुमा सहमति जुटिसकेको छ ।
शनिबार निर्णायक छलफल भएर सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी रहेको स्रोतले जनाएकाे हाे।





प्रतिक्रिया दिनुहोस्