Logo ११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025


भारतमा बस र ट्रक एक-आपसमा ठोक्किंदा ९ जनाको मृत्यु


234
Shares

एजेन्सी। भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा एउटा निजी स्लिपर बस र ट्रक एक-आपसमा ठोक्किंदा ९ जनाको मृत्यु भएको छ।

अन्य धेरै यात्रुहरू घाइते भएका हुन् । दुर्घटना कर्नाटकको राजधानी बेंगलुरुबाट करिब २ सय ३ किलोमिटर उत्तर-श्चिममा पर्ने चित्रदुर्गा जिल्लाको हिरियुर क्षेत्रस्थित गोरलाथु गाउँको राजमार्गमा बिहीवार भएको थियो । प्रहरीका अनुसार विपरित दिशाबाट आउँदै गरेको ट्रकले सडकको डिभाइडर नाघेर बसलाई ठक्कर दिएको थियो । ठक्कर लगत्तै बसमा भीषण आगो लागेको र केही बेरमै आगोको लप्काले पूरै बसलाई आफ्नो चपेटामा लिएको हाे।

बसमा चालक र सहचालकसहित कूल ३२ जना सवार रहेको रिपोर्टमा उल्लेख छ। भारतमा प्रायः सडकको जीर्ण अवस्था, ओभरलोडिङ र चालकको लापरवाहीका कारण यस्ता घातक सडक दुर्घटनाहरू बारम्बार हुने गरेका छन् ।