Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


प्रधानमन्त्री कार्कीले प्रमुख ३ राजनीतिक दलका शीर्ष नेतासँग भाेलि संवाद गर्दै


442
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख ३ राजनीतिक दलका शीर्ष नेताबीच शनिबार निर्वाचनकाे बारेमा छलफल हुने भएको छ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित ३ दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो । त्यसैको निरन्तरता स्वरुप शनिबार प्रधानमन्त्री कार्कीले ३ दलका शीर्ष नेतासँग छलफल गर्न लाग्ननुभएकाे हाे। शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गर्नुभएकाे छ।

उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहाललाई पनि भेट्नुहुने भएकाे छ। साथै मन्त्री खरेलले शनिबार ४ बजे ३ दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले भेटवार्ता र छलफल गर्ने कार्यक्रम राखेको जानकारी गराएको मन्त्री खरेलको सचिवालयले जनाएको हाे।

सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने तयारी गरेपनि दलहरूले शान्ति सुरक्षा लगायतमा प्रश्न उठाउँदै आएका छन् । खासगरी एमालेले यसकाे बारेमा प्रश्न उठाइरहेकाे समयमा सरकारका मन्त्रीहरू नेता र पार्टी कार्यालय पुगेर निर्वाचनको वातावरण बनाउने प्रयत्नमा लागिरहेका छन्।