Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


विवाद व्यवस्थापनको सकसमा कांग्रेस (भिडियाे रिपोर्ट)

कांग्रेसभित्रकाे संकट जहाँको त्यहीं !

182
Shares

काठमाडाैं। जेनजी आन्दोलनपछि सबै जसो प्रमुख राजनीतिक दलहरुले पार्टीका गतिविधिहरु निर्वाध रुपमै अगाडि बढाउन थालेका छन्।

तर नेपाली कांग्रेसभित्रको अन्योल भने अझै पनि हटेको छैन । आन्दोलनका क्रममा आक्रमणमा परेका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति तोके पनि पछिल्ला दिनमा देउवा आफैं सक्रिय भइरहनुभएकाे हाे। यहि पुस २६ गतेदेखि हुने भनिएको महाधिवेशन निर्धारित मितिमा नहुने निश्चित भइसकेको छ। यसले कांग्रेस लय समातेर अघि बढ्नै नसकिरहेको स्पष्ट हुन्छ।

लामो समयको माथापच्चि-पछि कांग्रेसले पार्टीले १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेकाे थियाे । तर कांग्रेसकाे बिहीबार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकले ताेकिएकाे मितिमा महाधिवेशन गर्न नसक्ने निष्कर्ष निकालेकाे छ। लामो समयसम्म विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवादमा अलमलिएको कांग्रेसले अन्तिममा पुस अन्तिम साता गर्ने नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर अहिले क्रियाशील सदस्यता वितरण टुङग्याउने देखि तल्लो तहको अधिवेशनका लागि तोकिएको समयमा काम गर्न नसकिने देखिएको भन्दै त्यहीं बहानामा महाधिवेशन सार्ने कसरत शुरु भएको छ ।

यो पार्टीको आन्तरिक विषय मात्रै होइन केन्द्रीय समितिबाट निर्वाचनमा जाने निर्णय गरेको कांग्रेस अहिले संसद पुर्नस्थापनका लागि समेत रिट लिएर अदालत पुग्यो । त्यति मात्रै होइन नेकपा एमालेसँग मिलेर अदालतमा बहुमत सांसद पुराएर हस्ताक्षर बुझाउनेसम्मको काममा कांग्रेसको एउटा खेमा सक्रिए छ। यसले कांग्रेसको अबको दिशा के त भन्ने मै अलमल देखिएकाे पार्टका उपसभापति धनराज गुरुङले बताउनुभयाे।

अर्को पक्षले विशेष महाधिवेशको दवाव दिएपछि महाधिवेशनका लागि तयार भएको संस्थापन पक्ष पहिलेदेखि नै पर धकेल्ने बहानाबाजीको खोजीमा थियो । त्यसलै अहिले भइरहेको विवादलाई पनि सामान्य रुपमा लिनुपर्ने कांग्रेस सहमहामन्त्री डिना उपाध्यायले बताउनुभएकाे छ। एउटा पक्ष भने यसलाई हेरफेर गर्दा समस्या आउन सक्ने कांग्रेस नेता अर्जुननरसिंह केसीलेकाे तर्क थियाे।

यसरी महाधिवेशनदेखि निर्वाचनसम्मको विषयमा कांग्रेस अलमलमा छ। कार्यवाहक दिएर हिडेका सभापति देउवा सक्रिय भइरहेका छन् । देउवाले पार्टीको बैठकमा नआउने तर घरबाटै गतिविधि बढाउने गरिरहनुभएकाे छ। महत्वपूर्ण राजनीतिक भेटघाटमा समेत देउवाले सक्रियता बढाउनुभएकाे हाे।

जसले कांग्रेस आन्तरिक विवाद तत्काल समाधान गर्ने र अगाडि बढ्न सक्ने वातावरण बनिरहेको देखिंदैन ।

भिडियाे रिपोर्ट: