Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


भारतमा सुरक्षाकर्मी र माओवादीबीचको भीडन्तमा परी माओवादीका शीर्ष नेता गणेशसहित ६ जनाकाे मृत्यु


1.7k
Shares

एजेन्सी। भारतको ओडिशामा सुरक्षाकर्मी र माओवादीबीचको भीडन्तमा माओवादीका मोस्ड वान्टेडमा रहेका शीर्ष नेता गणेश उइकेसहित ६ जना माओवादी कार्यकताको मृत्यु भएको भारतीय संचारमाध्यले जनाएका छन् ।

माओवादी विरोधी अभियानका क्रममा चकापाद पुलिस स्टेशन क्षेत्र जाने बीच जंगलमा दुई समूहबीच बिहीबार भीडन्त हुदाँ मृत्यु भएका ६९ वर्षीय गणेश माओवादी केन्द्रीय समितिका सदस्य रहेको र ओडिशामा प्रतिबन्धित संगठनका प्रमुख रहेको अधिकारीहरुले जानकारी दिएका हुन् । सरकारले गणेशमाथि १ करोड बढीको इनाम पनि घोषणा गरेको थियो ।

कारवाहीमा मारिएका ६ मध्ये दुई महिला माओवादी कार्यकर्ता रहेको बताइएको छ । यो कारबाहीलाई सुरक्षाबलले ठूलो उपलब्धि भनेको छ । गणेश लामो समयदेखि सुरक्षाकर्मीको टाउको दुखाइ बन्दै आएका थिए ।