Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


नेपाललाई बंगलादेश बन्न दिन हुँदैन: प्रधानमन्त्री कार्की

राजनीतिक दल र जेनजी समूहकाे धम्कीप्रति प्रधानमन्त्री कार्कीकाे गुनासाे

286
Shares

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाललाई बंगलादेश बन्न दिन नहुने बताउनुभएको छ।

काठमाडाैंमा बिहीबार बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी समेत गर्नुभयो । उहाँले राजनीतिक दल र जेनजीका समूहहरुले दैनिक रुपमा सरकार छोड् भन्दै गाली-गलौज गर्ने गरेको गुनासाे समेत गर्नुभएकाे छ।

सबैतिरबाट गाली आएको बताउदै उहाँले दु:ख व्यक्त गर्नुभयो। आफूहरु अहिले धैर्यधारण गरेर सबै कुरा सहेर बसेको समेत उहाँले बताउनुभएकाे छ। प्रधानमन्त्री कार्कीले कतै जाँदा पनि सुख नहुने अवस्थामा आफूहरु रहेको बताउनुभयो।