काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोकको दुवै क्षेत्रमा उम्मेदवारकाे नाम सिफारिस गरेको छ ।
पार्टीको बिहीबार खाडीचौरमा बसेको १ नम्बर क्षेत्रीय समितिको बैठकले माधव सापकोटाको एकल नाम सिफारिस गरेको हो । सापकोटा विघटित प्रतिनिधि सभाको सांसद हुनुहुन्छ। उहाँले अघिल्लो निर्वाचनमा त्यही क्षेत्रबाट जित्नुभएकाे छ।
त्यस्तै, २ नम्बर क्षेत्रमा युवराज दुलालको नाम सिफारिस गरेको हो। २ नम्बर क्षेत्रमा सिफारिस भएका दुलाल बागमती प्रदेश सभाका सांसद हुनुहुन्छ । नेकपाले समानुपातिक र राष्ट्रियसभाका लागि पनि उम्मेदवार सिफारिस गरेको छ।






प्रतिक्रिया दिनुहोस्