Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जना नेताको नाम हटाउने कांग्रेसकाे निर्णय


1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ।

पार्टी मुख्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्ताे निर्णय गरेको हाे।संघको समानुपातिकमा उम्मेदवार हुन चाहेका १९ जना नेताहरूको नाम प्रदेशबाट हटाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले बताउनुभयाे।

यसकाे बारेमा निर्वाचन आयोगलाई जानकारी गराउने पनि उहाँले बताउनुभएकाे छ।