Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


चीनमा कार दुर्घटना हुँदा बालबालिकासहित ८ जनाको मृत्यु


143
Shares

एजेन्सी । दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर पोखरीमा खसेपछि बालबालिकासहित ८ जनाको मृत्यु भएको छ।

साेही घटना सांघाईबाट ४ सय ८० किलोमिटर पश्चिममा ग्रामीण क्षेत्र पेन्जे काउन्टीमा भएको पानीको पेखरीमा भएको बुधबार सरकारी मिडियाले जनाएको हाे । पिपुल्स डेली प्रेस अन्तर्गतको प्रकाशन न्यू सेक्युरिटीका अनुसार हालैको वर्षाले गर्दा चिप्लो भएको सडकको तल्लो भागमा उक्त कार दुर्घटना भएको हो। ७ सिटको एसयूभी सामान्यतया यस क्षेत्रका निजी शिशुस्यार (किन्डरगार्टेन) मा जाने बच्चाहरूलाई ओसार पसार गर्न प्रयोग गरिएको रिपोर्टले जनाएको छ।

दुर्घटनाको समयमा किन्डरगार्टेनका अधिकांश बालबालिका गाडीमा सवार रहेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ। काउन्टी सुरक्षा अधिकारीहरूले प्रकाशित गरेको अघिल्लो वक्तव्यले चालकसहित ८ जनाको मृत्यु भएको पुष्टि गरेको हाे। जारी विज्ञप्तिमा अन्य पीडितहरूको बारेमा कुनै जानकारी नदिइएको तर अनुसन्धान जारी रहेको जनाइएकाे छ।