काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले मुलुकको परिवर्तनलाई संस्थागत गर्न र सुशासन कायम गर्न सबै नयाँ शक्तिहरू एकजुट हुने बताउनुभएकाे छ।
मन्त्री घिसिङले मन्त्रालयमा बुधबार १ सय दिनको कार्यकालकाे उपलब्धि सार्वजनिक कार्यक्रममा बोल्दै यस्तो बताउनुभएहाे हाे। अहिलेसम्म कुनै पनि ठाउँमा सुशासनको विषयमा सम्झौता नगरेकाे उहाँकाे भनाइ छ। तलदेखि माथि सम्मका निकायहरूमा देखिएका समस्याहरूलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने र गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा उहाँकाे जाेड छ।
उहाँले आफू मन्त्रीको हैसियतमा राजनीतिक क्षेत्रमा प्रवेश गरिसकेको र आगामी निर्वाचन मुलुकका लागि निर्णायक हुने बताउनुभयाे । उहाँले निर्वाचनमा जाँदा सबै नयाँ र प्रगतिशील शक्तिहरू मिलेर जानुको विकल्प नभएको उल्लेख गर्नुभएकाे छ। मन्त्री घिसिङले देशका लागि सबैले आ-आफ्नो क्षेत्रबाट योगदान पुर्याउनुपर्ने र जस्तोसुकै परिस्थितिमा पनि मुलुकको हितलाई केन्द्रमा राख्नुपर्ने बताउनुभयाे।
मन्त्री घिसिङले नयाँ शक्तिहरूबीचको एकताले मात्रै मुलुकमा देखिएका विद्यमान चुनौतीहरूको सामना गर्न सकिने दावी गर्नुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्