Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


राजनीतिक दल निर्वाचनमा लागेको देख्दा उत्साहित: सञ्चारमन्त्री खरेल


78
Shares

काठमाडाैं। अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको लागि उचित वातावरण बनिसकेको दावी गर्नुभएको छ।

जनमत पार्टी कार्यालयमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उचित वातावरण बनिसकेको जिकिर गर्नुभएको हो । उहाँले सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार रहेको र आवश्यक तयारी गरिरहेको पाएको पनि बताउनुभयो। मन्त्री खरेलका अनुसार जनमत पार्टी पनि निर्वाचनका लागि तयारी अवस्थामा छ। निर्वाचनका लागि सबै राजनीतिक दलहरु लागेको देख्दा सरकार उत्साहित भएको उहाँले जिकिर गर्नुभयो।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको तर्फबाट कानूनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री खरेलसहित प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल निर्वाचनको वातावरण बनाइदिन आग्रह गर्दै राजनीतिक दलहरुको कार्यालयमा धाइरहेका छन्।