Logo ९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026


छैठाैं टाइगर कपमा १४ टोली सहभागी हुने


169
Shares

काठमाडाैं। आगामी माघ ९ गतेदेखि शुरु हुने छैठाैं टाइगर कपमा १४ टोली सहभागी हुने भएका छन्।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुने प्रतियोगितामा यो वर्षदेखि पुरस्कार राशिमा वृद्धि हुने बताइएको हाे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि हुने आयोजकले जनाएको छ। प्रतियेगितामा महिलातर्फ ७ र पुरुषतर्फ ७ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगितामा नेपालका शीर्ष क्लबहरूसँगै थाइल्याण्ड, भारत र माल्दिभ्सका अन्तर्राष्ट्रिय टोलीहरूको समेत सहभागिता रहने बताइएको छ। महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिपटप न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब रुपन्देही, युनाइटेड प्यासन भलिबल क्लब (थाइल्यान्ड) र थाइल्यान्ड क्वीन्स सहभागी हुने भएका हुन् ।

त्यस्तै, पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ पोखरा, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स भलिबल एसोसिएसन र गुजरात भलिबल क्लब (भारत) सहभागी हुने भएका छन् । यस वर्ष महिला तथा पुरुष दुवैतर्फ विजेता टोलीले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने भएका छन् । उपविजेता टोलीलाई ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ र तृतीय हुने टोलीलाई १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार दिइनेछ ।

प्रतियोगिता माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालामा आयोजना हुने भएकाे आयाेजकले जनाएकाे हाे।