Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


पाकिस्तानमा अज्ञात समूहकाे आक्रमणमा परी ५ जना प्रहरी जवानको मृत्यु


390
Shares

एजेन्सी । पाकिस्तान अज्ञात आतंककारीहरूले प्रहरीको गाडीमा लक्षित गरी गोली प्रहार गर्दा ५ जना प्रहरी जवानको मृत्यु भएको छ।

उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार साेही प्रहारमा परी उनीहरुकाे मृत्यु भएकाे हाे। घटना मंगलबार बिहान पाैने ९ बजे आक्रमणकारीहरूले काराक जिल्लामा गाडीमा गोली चलाउन थालेको स्रोतहरूले नाम नछाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ। प्रहरीले तुरुन्तै जवाफी गोली चलाउँदा करिब एक घन्टा सम्म झडप चलेको जनाइएको छ ।

गाडीमा सवार रहेका सबै ५ जना प्रहरी कर्मचारीहरू गोली हानाहानको क्रममा मृत्यु भएकाे स्रोतले जनाएकाे हाे।आक्रमणपछि आतंककारीहरूले घटनास्थलबाट भाग्नु अघि प्रहरीको गाडीमा पनि आगो लगाएको थियाे। अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी नलिएको जनाइएको छ।

Skip This