वीरगञ्ज ।
वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७९/८० को तीन महिनामा चार अर्ब ६९ करोडको खाद्यान्न आयात भएको छ ।
चालु आवका तीन महिनामा तुलनामा चाडै आउने महिनामा अघिल्लो आवको तीन महिनाभन्दा चार अर्ब ५८ करोड बढीको खाद्यान्न आयात भएको छ ।
सीमा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत श्रीरामप्रसाद अधिकारीका अनुसार वीरगञ्ज नाकाबाट तीन महिनामा चार अर्ब ६९ करोड २ लाख २८ हजार २९० रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ ।
गत आवका तीन महिनामा एक अर्ब १० करोड ५ लाख ९१ हजार रुपैयाँको खाद्यान्न आयात भएको थियो । यो भन्दा चालु आवमा तीन महिनामा चार अर्ब ५८ करोड बढीको खाद्यान्न भारतबाट आयात भएको अधिकारीले बताए । भन्सार कार्यालयका अनुसार चालु आवका तीन महिनामा उत्पादन आयात बराबरको ३१ प्रतिशत बढीको खाद्यान्न आयात भएको छ ।
भन्सार कार्यालयका आँकडाअनुसार तीन महिनामा ९२ हजार २६० क्विन्टल खाद्यान्न नेपाल आयात भएको छ । गत आवमा तीन महिनामा ६१ हजार ६३ क्विन्टल खाद्यान्न आयात भएको थियो । चालु आवमा गत आवको तुलनामा ३१ हजार ३२ क्विन्टल बढी खाद्यान्न भारतबाट आयात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
वीरगञ्ज नाकाबाट आएको खाद्यान्नमा चामल, गहुँ, मकै, दाल, मसुरो, नुन, चीनी, तेल लगायतका खाद्यान्न समावेश छन् ।





प्रतिक्रिया दिनुहोस्