Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


नोबेल मेडिकल कलेजको छतबाट खसेर डाक्टरको मृत्यु


1.4k
Shares

काठमाडौं ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनको छतबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ।

आइतबार बिहान करिब साढे ६ बजे पाँचौं तलाबाट खसेका ३४ वर्षीय अमित यादवलाई उपचारका लागि सोही अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। सप्तरीको राजविराज–९ निवासी यादव एमबीबीएस इन्टर्न डाक्टर थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।