Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


आगामी निर्वाचनमा देशलाई सही दिशा दिनसक्ने प्रतिनिधि चयन गर्न सञ्चार मन्त्री खरेलकाे आग्रह

देशले परिवर्तन मागेको अवस्थामा युवाबाटै नेतृत्व खोज्नुपर्नेमा जाेड

247
Shares

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा देशलाई सही दिशा दिनसक्ने प्रतिनिधि चयन गर्न आग्रह गर्नुभएकाे छ।

काठमाडौंमा शनिबार नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोश्रो अधिवेशन उद्‌घाटन गर्दै मन्त्री खरेलले यस्ताे आग्रह गर्नुभएकाे हाे। गलत व्यक्तिलाई चयन गरेर ५ वर्ष रुनु भन्दा देशलाई सही दिशा दिनसक्ने प्रतिनिधि चयन गर्न उहाँले आग्रह गर्नुभयाे। देशले परिवर्तन मागेको अवस्थामा युवाहरूबाटै नेतृत्व खोज्नुपर्नेमा उहाँकाे जाेड छ।

मन्त्री खरेलले जुनसुकै पार्टीको भएता पनि राम्रा व्यक्तिलाई चयन गर्न समयमा नै विवेक पुराउनुपर्नेमा जोड दिनुभयाे। उहाँले छोटो समयमा लागि गठन भएको वर्तमान सरकारको म्यान्डेड चुनाव भए पनि सुशासन र भ्रष्टाचार अन्त्यका लागि समेत गम्भीर भएर काम गरिरहेको धारणा राख्नुभएकाे छ।

मन्त्री खरेलले ३ महिनाको अवधिमा ३० भन्दा बढी ठूला मुद्दा अदालत पुगेको र ८ जना भन्दा बढी पूर्वमन्त्रीहरू अनुसन्धानको दायरामा आएको समेत बताउनुभयाे। भ्रष्टाचारको अनुसन्धानका वर्तमान सरकारले कुनै दबाब नदिने समेत उहाँकाे दावी छ।