Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


‘कानुनतः सरकारी कर्मचारीले सूचना दिन इन्कार गर्ने अवस्थाको अन्त्य’


0
Shares

काठमाडौं, असोज ७ । राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले कानुनतः सरकारी कर्मचारीहरुले सूचना दिन इन्कार गर्ने अवस्थाको अन्त्य भएको बताएका छन् ।

सूचनाको हक सम्बन्धमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले अधिकारप्राप्त कर्मचारीहरुले सूचना अपूरो र गलत दिए त्यसकाविरुद्ध मुद्धा दायर गर्नसकिने बताए ।

वैयक्तिक गोपनीयताका नाममा सार्वजनिक पद धारण गर्नेलाई बचाउने प्रपञ्च भएको भन्दै पोखरेलले उक्त प्रावधान हटाइएकाले पत्रकारहरुले उपयोग गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा सहभागी पत्रकारहरुले सहीरुपमा सूचनाको हकलाई उपयोग र प्रयोग गर्नसक्नुपर्नेमा जोड दिएका थिए ।