Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


विदेशी पर्यटक निगरानी प्रणाली लागूहुँदै (भिडियाे रिपोर्ट)

पर्यटकका लागि सूचना संयन्त्रकाे विकास

0
Shares

काठमाडौं। नेपालमा विदेशी नागरिकहरुका गतिविधि निगरानी गर्ने कुनै संयन्त्र छैन।

पर्यटकका रुपमा आउने विदेशीहरु अन्य धन्दामा संलग्न हुनेदेखि ट्रेकिङ र हिमाल आरोहणमा पनि एक्लै जाने र हराउने समस्या बढ्दो हाे। कतिपय त अवैध धन्दा र आपराधिक घटनामा समेत संलग्न समेत हुने प्रवृत्ति बढेपछि अध्यागमन विभाग नेपालमा आउने विदेशीहरुको निगरानी गर्नुपर्ने निष्कर्षसहित निगरानी प्रणाली लागू गर्नेभएको छ।

गत कार्तिकमा भएको अविरल वर्षा र हिमाली क्षेत्रमा परेको हिमपातका कारण मनाङ मुस्ताङ लगायतका उच्च क्षेत्र घुम्न गएका पर्यटकहरु अलपत्र परेका थिए । तर कुन स्थानमा कति पर्यटक छन् भन्ने एकिन गर्न नेपाल सरका अन्तर्गतका संयन्त्रहरुलाई निकै कठिन भएको थियो। त्यसको मुख्य कारण नेपाल घुम्न आएका विदेशी पर्यटक कहाँ छन् भन्ने थाहा पाउने कुनै प्रणाली नभएका कारण हो । पद यात्रा तथा हिमाल आरोहणका लागि आएका विदेशी पर्टकहरु अलपत्र परेको अवस्थामा उद्धारका लागि उीहरु कहाँ के गरिरहेका छन् भन्ने थाहा पाउन नसक्दा सुरक्षामा जोखिम देखिएको हो।

अध्यागमन विभागले अब विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू गरेको छ। विदेशी पर्यटन सम्बन्धी काम गर्ने ट्रेकिङ एशोसियन नेपाल, होटलहरुको संगठन हान, ट्राभल एजेन्सीहरु र एयरलायन्स कम्पनीहरु सबै निकायले आफू कहाँ आएका पर्यटकको विवरण पठाउने गरी सफ्टवयर बनाइएको छ। नेपाल आउने विदेशीहरु जुन होटलमा बस्छन् । त्यहाँबाट राहदानी स्क्यान गरेर पठाउने तथा हवाई यात्रा गर्दा बोर्डिङ पास अथवा टिकटको जानकारी गराउनु पर्नेछ। पहिलो पटकमा पाँचतारे होटहरुलाई यस्तो विवरण पठाउन भनिएको अध्यागमन विभाग महानिर्देशक राचन्द्र तिवारीले बताउनुभयाे।

अध्यागमन विभागले यो खालको प्रणाली पहिलो चरणमा यहि पुस १७ गते अर्थात जनवरी १ तारिखदेखि लागू गर्ने तयारी गरेको छ। दोस्रो चरणमा आगामी फागुन १७ गतेदेखि देशैभरीका होटल तथा एयरलायन्स, होमस्टे , ट्रेकिङ कम्पनी, टुर्स एण्ड ट्राभल कम्पनी र विदेशी मुद्रा सटही कम्पनीले आफनो सम्पर्कमार्फत आएका विदेशी पर्यटकको जानकारी अध्यागमन विभागको प्रणालीमा पठाउनुपर्ने छ।

नेपालमा आउने विदेशीले गर्ने अपराध नियन्त्रण, सरकारले प्रतिबन्ध गरेका क्षेत्रमा जानबाट रोक्न र घुम्न जाँदा हराउने र अलपत्र पर्ने पर्यटकको उद्धारका लागि यो प्रणाली अनिर्वाय उपयोगी हुने विश्वास गरिएको छ। त्यसका लागि देशैभरका जिल्ला प्रशासन कार्यालयमा यसका लागि अनुगमन कमिटी बन्ने महानिर्देशक तिवारीले बताउनुभयाे।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट ४ सय भन्दा बढी विदेशी कैदी भागेका थिए। होटल तथा सबै एयरलायन्स कम्पनीहरुले सहयोग गरेकाे खण्डमा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली प्रभावकारी हुनसक्ने देखिन्छ।

भिडियाे रिपोर्ट: