ताप्लेजुङ, असोज ७ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिकास्थित घुन्सामा हेलिकोप्टर दुर्घटना भएको आइतबार १२ वर्ष पूरा भएको छ ।
उक्त दुर्घटनाको सम्झना गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित संरक्षण स्मृतिपार्कमा आइतबार एक कार्यक्रमको आयोजना गरियो ।
वि.सं. २०६३ साल असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जना संरक्षणविद्को ज्यान गएको थियो ।
स्थानीय समुदायलाई वन संरक्षण तथा व्यवस्थापनको जिम्मा दिएर फर्कनेक्रममा घुन्सास्थित फलेपहाडमा हेलिकोप्टर दुर्घटनामा भएको थियो ।
सोही दिनको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसकारूपमासमेत मनाउने गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्