Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाईमा पुर्‍याउने अध्यक्ष ओलीकाे प्रतिवद्धता

आर्मीले मार्च गरे जस्तो ताल मिलाएर अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन

221
Shares

काठमाडाैं। नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाईमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

काठमाडाैंमा शुक्रबार पार्टीका नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो ।अध्यक्ष ओलीले पार्टीमा केही समस्या देखिएको उल्लेख गर्दै आगामी दिनमा त्यस्ता खालको कुनैपनि कमजोरी हुन नदिने दावी समेत गर्नुभयो। उहाँले नवनिर्वाचित केन्द्रीय समितिमा नेताहरुलाई एक स्वर भएर पार्टीको विधान महाधिवेशनले तय गरेका वैचारिक, संगठनात्मक र कार्यक्रमिक नीति अनुसार अघि बढ्न पनि सचेत गराउनुभएकाे छ।

आर्मीले मार्च गरेजस्तो पार्टीका हरेक सदस्यहरुले एकस्वर, एकतालका साथ अघि बढनुपर्ने अध्यक्ष ओलीको भनाइ थियो । टोलटोलमा सुरक्षा समिति बनाएर आम जनताको सुरक्षाको काम गर्न पनि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएकाे छ।