Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


सक्रिय राजनीतिबाट विश्राम लिएको एमाले नेता अधिकारीको घोषणा

साधारण सदस्य भएर देशलाई योगदान गर्ने योजना

897
Shares

काठमाडौं । नेकपा एमालेका निवर्तमान संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट विश्राम लिनुभएको छ।

६६ वर्षीय अधिकारीले शुक्रबार सामाजिक सञ्जालमार्फत सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गर्नुभएको हो। उहाँले जसरी पनि जिम्मा पूरा गर्ने आफ्नो कार्यशैली सम्झिँदै पद र अवसरका लागि कहिल्यै मरिहत्ते नगरेको बताउनुभएको छ। अब पार्टीको कुनै पनि कमिटी र निकायमा नरहने बताउदै अधिकारीले साधारण सदस्य रहेर पार्टी, समाज र देशको हितमा काम गरिरहने प्रण समेत गर्नुभयो ।

एमालेको ११औं राष्ट्रियं महाधिवेशनमा केपी शर्मा ओली प्यानलले उहाँलाई अनुशासन आयोगको अध्यक्षमा राखेको थियो। तर, अरुले पालो पाउनुपर्छ भन्दै अधिकारीले उम्मेदवारी नै दर्ता गर्नुभएको थिएन।