काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन मार्फत निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्ने भएको छ ।
काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्केटमा शुक्रबार दिउँसो १ बजे बैठक बस्ने तय भएको एमालले जनाएको हो। बिहीबार मात्रै सम्पन्न भएको महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३ सय १ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले बिहीबार नै पद तथागोनीयताको शपथग्रहण गरिसकेका छन्। यो बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्यूरो र स्थायी कमिटी गठन लगायतका सांगठनिक विषयमा छलफल गर्ने अपेक्षा एमालेले गरेको हो।





प्रतिक्रिया दिनुहोस्