Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


जेनजी विद्रोहको जगमा बनेको सरकारले अपेक्षाकृत काम गर्न सकेन: मिराज ढुंगाना


455
Shares

काठमाडाैं। जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाले विद्रोहपछि गठन भएको अन्तरिम सरकारले अपेक्षाकृत काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ।

काठमाडाैंमा बिहीबार ‘जेनजी आन्दोलनको एकसय दिनः उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले आन्दोलनकारीका माग अनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभएको हो। उहाँले विगतका कुनैपनि सरकारले प्रभावकारी काम गर्न नसकेकै कारण मुलुक यस्तो अवस्थामा पुगेको उल्लेख गर्दै सरकारले केही नबिगार्दैमा राम्रो सरकार भन्न नसकिने धारणा राख्नुभयो। जेनजी विद्रोहमा सचेत वर्ग (कन्सियस क्राउड) र निराश वर्ग (फ्रस्टेड क्राउड)सहभागी भएको उल्लेख गर्दै उनीहरुको माग र आवश्यकता अनुसार सरकार अघि बढ्न नसेकेको उहाँको भनाइ छ।

ढुंगानाले सरकारले जेनजी समूहसँग गरेको सम्झौतालाई ललिपप सम्झौताको संज्ञा दिँदै उक्त सम्झौता सर्वमान्य नभएको टिप्पणी समेत गर्नुभयो।