Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


विजयी बन्न नसके पनि एमालेको अभियानमा निरन्तर रहनेछु: ईश्वर पोखरेल

आगामी दिनमा पनि पार्टीभित्र बहस र छलफलको नयाँ स्तर कायम राख्ने विश्वास व्यक्त

1.1k
Shares

काठमाडौं। नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेलले पार्टीमा आफू विजयी बन्न नसके पनि एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता निरन्तर रुपमा रहने बताउनुभएकाे छ।

महाधिवेशन सम्पन्न भएपछि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले यस्ताे बताउनुभएकाे हाे।निर्वाचित सम्पूर्ण पदाधिकारी, केन्द्रीय कमिटी सदस्य र केन्द्रीय निकायमा निर्वाचित सबैलाई बधाई तथा सफल कार्यकालको उहाँले शुभकामना व्यक्त गर्नुभएकाे छ। साथै उहाँले महाधिवेशन सफल बनाउन योगदान पुर्‍याउने प्रतिनिधि तथा मतदाता प्रतिनिधिहरूप्रति धन्यवाद समेत व्यक्त गर्नुभएकाे छ।

पोखरेलले महाधिवेशनका क्रममा उठाइएका विषयहरूले आगामी दिनमा पनि पार्टीभित्र बहस र छलफलको नयाँ स्तर कायम राख्ने विश्वास व्यक्त गर्नुभयाे। उहाँले देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा आफ्नो सक्रियता अटुट रहने समेत बताउनुभएकाे छ।

नेता पाेखरेलले सामाजिक सञ्जाल फेसबुकमा यस्ताे लेख्नुभएकाे छ: